काठमाडौँ– सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो खेलमा सीवाइसी अत्तरियाले काठमाडौं गोल्डेन्सलाई ४० रनले पारजित गरेको छ । टस हारेर पहिले व्याटिङ गरेको सीवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ १४६ रन बनाएको थियो ।


ADVERTISEMENT


जबाफमा काठमाडौं गोल्डेन्स १८.४ ओभरमा १०६ रनमा अल आउट भयो । एसएसपी कार्यालय मैदानमा सीवाइसी अत्तरियाबाट अविनाश बोहराले ४ र विनोद लामाले ३ विकेट लिए ।


ADVERTISEMENT

# # #


सगरमाथा धनगढी प्रिमियर लिग (डीपिएल) अन्तर्गतको पहिलो दिनको खेल काठमाडौं गोल्डेन्स र सीवाइसी अत्तरियाबीच जारी छ । सोमबार बिहान धनगढीको अञ्चल प्रहरी खेल मैदानमा भएको खेलमा टस हारेर व्याटिङ गरेको सीवाइसी अत्तरियाले ६ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको छ । काठमाडौं गोल्डेन्सले १ सय ४७ रनको लक्ष्य पाएको छ ।

सीवाइसी अत्तरियाले ६ विकेट गुमाइ १ सय ४६ रन बनाएको छ । ज्ञानेन्द्र कुँवर २३ बलमा ३४ र प्रदीप ऐरी ५ बलमा १३ रन बनाइ नट आउट रहे ।