काठमाडौँ– तीनकुनेस्थित महानगरीय प्रहरी वृत्त अगाडि बागमति पुलमा भेटिएको शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।


ADVERTISEMENT


मंगलबार सेनाको टोलीले डिस्पोज गर्दा उक्त वस्तु ठूलो आवाजसहित पड्केको थियो।


ADVERTISEMENT

# # #


आज नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले बन्दको आह्वान गरेकोले उक्त शंकास्पद वस्तु पनि सर्वसाधारणलाई त्रशित बनाउने उद्धेश्यका साथ सोही समुहका कार्यकर्ताले राखेको आशंका प्रहरीले गरेको छ।

उक्त स्थानमा शंकास्पद वस्तु फेला परेपछि त्यहाँ भएर गुड्ने सवारी आवागमन प्रवाभित भएको थियो।

बम डिस्पोज भएपछि सडक सुचारू भएको छ।