चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिका मेयर लगायतका व्यक्तित्वलाई सम्मान गरेका छन् । भरतपुर महानगरपालिका–२२ पदमपोखरीस्थित अमर माध्यमिक विद्यालयको वार्शिकोत्सवका अवसरमा प्रमुख अतिथिको हैसियतमा अध्यक्ष प्रचण्डले पूर्वविद्यार्थी तथा भरतपुर महानगरपालिकाकी नगर प्रमुख (मेयर) रेणु दाहल लगायतलाई सम्मान गरेका हुन् ।


ADVERTISEMENT


विद्यालयको ६३ औं वार्षिकोत्सव समारोहको अवसरमा विभिन्न क्षेत्रमा प्रगति गरेका पूर्वविद्यार्थीलाई सम्मानित गर्ने क्रममा मेयर दाहाल सम्मानित भएकी हुन् । चितवनको प्रदेश ३ ९ख०का प्रदेशसभा सदस्य रामलाल महतो, जिल्ला समन्वय समिति चितवनकी सदस्य सिता पुन, भरतपुर महानगरपालिका वडा नम्बर–१० का अध्यक्ष अरुण भण्डारी, वडा नम्बर २२ का अध्यक्ष विष्णु महतो, सदस्यहरू सोमबहादुर गुरुङ, देउमाया विक र प्रेमबहादुर थापा, वडा नम्बर १४ का अध्यक्ष प्रकाश गुरुङ तथा गायक अमर विरही गुरुङ र सागर आलेलाई सम्मानित गरिएको थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रचण्डले विद्यालयसँग आफ्नो राजनीतिक मात्र नभई पारिवारिक र विशिष्ट सम्बन्ध रहेको बताए । अध्यक्ष प्रचण्डले भने, ‘चुनाव प्रचारका बेला एमाले र माओवादी एकता गरिछाड्ने भनेर गरेको संकल्प र प्रतिवद्धता पूरा गरिएको छ । यसले पहिलो खुड्किलो पार भएको छ । अब पार्टी र सरकार दुबैले विकास र समृद्धिको लागि काम गर्छ ।’

विद्यालयको शैक्षिक र भौतिक सुधारका लागि सहयोग गर्न आफू प्रतिवद्ध रहेको अध्यक्ष प्रचण्डको दाबी थियो। चितवनबाट निर्वाचित भएको सांसद भएकाले तटबन्ध, रिङरोड र तारजालीको व्यवस्थापन गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको उनले बताए ।