चितवन – नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारको मन्त्रीमण्डल आजै विस्तार हुने बताएका छन् ।
पश्चिम चितवनको अमर माध्यमिक विद्यालय भरतपुर–२२ को ६३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आज विस्तार हुने मन्त्रीमण्डलमा माओवादीका तर्फबाट केही मन्त्रीहरुले सपथ ग्रहण गर्ने बताए ।


ADVERTISEMENT


यस्तै अध्यक्ष प्रचण्डले भरतपुर–मेघौली सडकखण्डलाई तत्काल कालोपत्रे सम्पन्न गर्न पहल गरिने प्रतिबद्धतासमेत जनाए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा वार्षिकोत्सव तथा अभिभावक दिवसको उपलक्ष्यमा पूर्वविद्यार्थी एवं भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रदेश नं.३ (ख)का सांसद रामलाल महतो, भरतपुर महानगरपालिका वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारी, भरतपुर–२२ का वडाध्यक्ष विष्णुराज महतो, जिल्ला समन्वय समिति चितवनकी उपसभापति मुना श्रेष्ठलाई अध्यक्ष प्रचण्डले सम्मान गरेका थिए ।

कार्यक्रम विद्यालयका अध्यक्ष मधुसूदन सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।