काठमाडौँ – गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्। बुधबार बिहान रुपन्देहीको देवदहमा प्रहरीको गोलीबाट उनी मारिएका हुन्। पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गरेर भाग्ने क्रममा प्रहरीको जवाफी कारबाहीमा उनको मृत्यु भएको हो।


ADVERTISEMENT


रुपन्देहीका एसपी श्याम ज्ञवालीका अनुसार देवहद नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट हुँदा आक्रमण गरी भाग्न खोज्ने क्रममा उनी मारिएका हुन्। उनीसँगै उनका सुटर सोमबहादुर आलेको पनि मृत्यु भएको छ। घटनास्थलमा घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा लगिको थियो, उपचारकै क्रममा उनको मृत्यु भएको ज्ञवालीले बताए। उनीहरु दुबै जनाको शव अहिले लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ।


ADVERTISEMENT

# # #


सिआइबीको टोलीले मनोज पुनको समूह नेपालमै लुकिछिपि बसेको सूचना दिएपछि रूपन्देही प्रहरीले सम्भावित ठाउँको खोजि गर्दै जाँदा बुधबार बिहान फेला पारेको एसपी ज्ञवालीले जानकारी दिए। रुपन्देही प्रहरी र सिआइबीको संयुक्त टोलीको कारबाहीमा उनी मारिएका हुन्

अपराधका लागि मिटिङ गरिरहेको स्थानमा उनी भेटिएका हुन्। एसपी ज्ञवालीका अनुसार मनोज पुन कुनै गम्भीर घटनाको लागि नेपाल आएका थिए। उनीहरुको साथबाट प्रहरीले पेस्तोल हतियारसमेत बरामद गरेको छ।

पुन विगत ३ वर्षदेखि प्रहरीको मोष्ट वान्टेड सूचीमा थिए। गत वर्ष देवदहमा भएको युवा संघका नेता दुर्गा तिवारीको हत्याको मुख्य आरोपी पुनको असोजमा काठमाडौंमा व्यवसायी शरद कुमार गौचनको हत्यामा पनि शंलग्नता रहेको प्रहरीले जनाएको छ।

गत पुस २२ गते उनले देवदहमा बसन्त पौडेलको हत्या गराएका थिए। व्यापारीहरुको हत्या गर्ने र फिरौती असुल्ने धन्दा उनले चलाउदै आएका थिए।

३० बर्षिय मनोज पुन रुपन्देही जिल्लाको देवदह नगरपालिका–६ निवासी हुन् । उनको वास्तविक नाम मनोज बुढामगर हो । उनी कुनै बेला नेकपा एमालेको ‘युथ फोर्स’ गठन भएको केही समयपछि युथ फोर्स रुपन्देही क्षेत्र नम्बर–१ का कोषाध्यक्ष थिए ।

संगठनमा रहँदा पनि उनले गुण्डागर्दी गर्ने, फिरौती माग्ने तथा धम्काउने जस्ता कामलाई निरन्तरता दिँदै आएको बताइन्छ । उनी साना साना अपराध गर्दा गर्दै देवदह क्षेत्रमा ठेक्कापट्टाको काममा समेत संलग्न हुन थालेका थिए ।

उनी फिरौती माग्ने, गुण्डागर्दी गर्ने जस्ता गतिविधिका साथै गैरकानुनी काम गरेको अरोपमा युथ फोर्सको साधारण सदस्य समेत नरहने गरी कारवाहीमा परेका थिए। पुनले पार्टीबाट अलग भएपछि पूर्णकालीन आपराधिक क्रियाकलाप सुरु गरेको प्रहरी बताउँछ ।

उनी युथफोर्स गठन भएको केही समयपछि युथ फोर्स रुपन्देही क्षेत्र नम्बर १ का कोषाध्यक्ष थिए। त्यसअघि र पछि उनी देवदह क्षेत्रमा ठेक्कापट्टाको काममा संलग्न थिए। माओवादीका संगठित सदस्य देवदहकै शालिकराम चापागाईं लगायतसँग मिलेर उनले देवदह क्षेत्रमा सानातिना ठेक्कापट्टाको काम गर्थे।