काठमाडौं-पुनर्वास नगरपालिकाको (ख) गाउँमा ४ वर्षीया बालिका बलात्कृत भएकी छन् । प्रहरीले बलात्कार आरोपमा पुनर्वास नगरपालिका–८ (क) गाउँका ३६ वर्षीय भीमबहादुर श्रीमाललाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


कृष्णपुर नगरपालिका–४ मौरीफाँटामा १३ वर्षीया किशोरी बलात्कृत भएको ६ दिन नबित्दै फेरि अर्को बलात्कारको घटना सार्वजनिक भएपछि स्थानीय आक्रोशित छन् ।


ADVERTISEMENT

# # #


पुनर्वासमा हजुरआमासँगै सुतेकी बालिकालाई युवकले बाहिर लगेर बलात्कार गरी फेरि सोही ठाउँमा छाडेर गएको प्रहरीले जनाएको छ ।

श्रीमाललाई प्रहरीले मंगलबार पुनर्वास नगरपालिका–९ (ख) गाउँबाट पक्राउ गरेको हो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले बताए । ‘घटनाको दोस्रो दिन पीडकले नै पीडितका आफन्तलाई धम्काएपछि घटना बाहिर आएको हो,’ उनले भने, ‘बालिकाका आफन्तले श्रीमाललाई राति घरबाट बाहिर निस्किरहेको अवस्थामा देखेपछि संलग्नता खुलेको हो ।’, आजको कान्तिपुरबाट