काठमाडौं-प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संसदमा आज विश्वासको मत लिनेछन् । दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मतको सामना गर्नुपर्नेछ ।


ADVERTISEMENT


फोरमको २९ र राजपाको २५ सांसदले सरकारका लागि बहुमत पुगेपनि राजपामा आन्तरिक किचलो देखिएका कारण मुख्यमन्त्री राउतलाई समर्थन जुट्नेमा आशंका छ । सत्ता साझेदार दल फोरम र राजपाले सांसदहरुलाई अनिवार्य उपस्थितीका लागि ह्वीप जारी गरेका छन् । प्रदेशमा १ सय ७ सांसद छन् ।


ADVERTISEMENT

# # #


फोरम र राजपाका ५४ जना सांसद मध्ये राजपाका सरोजकुमार यादव सभामुख भइसकेका छन् । सत्ता बाहिर ५३ सांसद छन् । मुख्यमन्त्री राउतले विपक्षमा रहेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको समेत समर्थन जुटाउन हिजो छलफल गरेका थिए । प्रदेश २ मा नेकपा एमालेका २१ र नेपाली कांग्रेसका १९ सांसद छन् ।

प्रदेश नम्बर ३ मा प्रदेशसभा नियमावली मस्यौदा माथि छलफल गर्न आज मस्यौदा समितिको बैठक बस्दैछ । समितिले मस्यौदा तयार गरेकाले त्यस माथि छलफल गर्न दिउँसो १ बजे बैठक बोलाइएको प्रदेशसभा सचिवलायका उपसचिव अधिराज राईले जानकारी दिएका छन् ।

माघ २८ गते बसेको बैठकले प्रदेशसभा नियमावली बनाउन ११ सदस्यीय समिति गठन गरेको थियो । संसद सचिवालयले उपलव्ध गराएको नमुनालाई केही परिमार्जन गरेर समितिले मस्यौदा तयार पारेको हो ।