काठमाडौं– एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि गठित कार्यदलको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री तथा एमाले केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यदललाई निर्देशन दिने बुझिएको छ ।


ADVERTISEMENT


पार्टी एकताको वैचारिक आधार तया गर्न एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, रघुजी पन्त र माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरूङ, शक्ति बस्नेत, पम्फा भुसाल, देवेन्द्र पौडेल रहेको कार्यदल आइतबार ७ बुँदे हस्ताक्षर भएकै दिन बनाइएको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै संगठनात्मक स्वरूप र विधान निर्माण कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, बेदुराम भुसाल, रघुवीर महासेठ र माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, मातृका पौडेल रहेका छन् ।

यसअघि प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच आज भेटवार्ता भएको थियो । भेटमा सरकार विस्तारका बारेमा छलफल भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

कूल दलले कुन कुन र कति मन्त्रालय लिने भन्ने विषयमा उनीहरुबीचको छलफलले निष्कर्ष ननिक्लिएकाले मन्त्रिपािरषद् विस्तार अन्योल भएको हो ।

फागुन ३ गते नयाँ सरकार गठन भए पनि हाल मन्त्रिमण्डलमा प्रधानमन्त्रीबाहेक एमालेका दुई सदस्यमात्र छन् ।

माओवादी केन्द्रले पार्टी एकता प्रक्रियाले मूर्तरुप लिएपछि आफू सरकारमा जाने भनेपछि यही फागुन ७ गते पार्टी एकताको सातबुँदे प्रारम्भिक आधारमा सहमति भएको थियो । १५ सदस्यीय मन्त्रिपािरषद बनाउने र एमालेले ९ र माओवादी केन्द्रले ६ मन्त्रालय लिने प्रारम्भीक छलफल भए पनि ओली–प्रचण्डले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई समेत सहभागी गराउन चाहेपछि छलफल लम्बिएको हो ।