काठमाडौं – प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गर्दै दरपीठ गर्ने आदेश दिएको छ ।


ADVERTISEMENT


मनोजकुमार अधिकारीले दर्ता गर्न ल्याएको प्रधानन्यायधीश पराजुलीविरुद्धको अवहेलना मुद्दा सर्वोच्चका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले दरपीठ गरेका हुन् ।


ADVERTISEMENT

# # #


रजिष्ट्रार उपाध्यायको हस्ताक्षर रहेको दरपीठ आदेशमा अदालतको अवहेलना प्रधानन्यायाधीश पराजुलीले गरेको प्रमाण पेस नभएकाले दर्ता हुन नसक्ने उल्लेख छ । निवेदनमा अनसनरत डा. गोविन्द केसीलाई अवहेलना मुद्दा लगाउन आफैंले निर्देशन दिई सर्वोच्चका कर्मचारीको टिप्पणी उठाएर मुद्दा दायर गरेको र उक्त मुद्दामा डा. केसीलाई बयान दिन दबाब दिएको उल्लेख छ ।

प्रधानन्यायाधीश पराजुलीले केसीका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलाई केसीको बयानमा आफूलाई आरोप नलगाउन दबाब दिएकोले स्वतन्त्र न्यायालय समाप्त भएको भन्दै अवहेलनामा पराजुलीलाई कारबाही गर्न माग गरिएको छ ।