काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले एमाले पोलिटव्यूरो सदस्य रिमाललाई प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


रिमालले ओलीको अघिल्लो कार्यकालमा पनि राजनीतिक सल्लाकारको भूमिका निर्वाह गरेका थिए । बैठकले मन्त्रालयहरुको संख्या घटाएर १७ वटा कायम गर्ने निर्णय पनि गरेको छ ।


ADVERTISEMENT

# # #