अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन्।


ADVERTISEMENT


परराष्ट्र मन्त्रालयका अनुसार ट्रम्पले ओलीलाई नेपालको प्रधानमन्त्री भएकोमा बधाई दिएका हुन्।


ADVERTISEMENT

# # #


ट्रम्पले ऐतिहासिक रूपमा तीन तहका चुनाव सफलतापूर्वक सम्पन्न हुनुले नेपालको समावेशी लोकतान्त्रिक शासनतर्फको प्रतिवद्धता प्रमाणित गरेको बताएका छन्।

प्रधानमन्त्री ओलीलाई पठाएको बधाई सन्देशमा ट्रम्पले आफू दुई देशबीचको साझोदारी बढाउन र स्थायीत्व, सुशासन र दिगो आर्थिक विकासमा सहयोग गर्न तयार रहेको बताएका छन्।

ओली प्रधानमन्त्री नियुक्त भएको हप्तादिन पछि अमेरिकाका राष्ट्रपतिले बधाई दिएका हुन्।