काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षाको सुदृढ एवम् भरपर्दो व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् ।


ADVERTISEMENT


आफूलाई भेट्न प्रधानमन्त्री निवास आएका नव नियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई शान्ति सुव्यवस्था कायम गर्न प्रहरी सङ्गठनलाई अझ चनाखो भई लाग्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


स्थानीय तह निर्वाचन घोषणा भइसकेकाले त्यसमा केन्द्रित रहेर शान्ति सुरक्षा कायम गर्दै मौजुदा ऐन कानुनले सुम्पेको जिम्मेवारी इमानदार एवम् निष्पक्षताका साथ निर्वाह गर्न प्रधानमन्त्रीले प्रहरी प्रमुखलाई निर्देशन दिए । सरकारले सोमबार साँझ उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।