काठमाडौं–कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा प्रतिस्पर्धामा उत्रने भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई अघि सार्ने तयारी गरेको छ ।


ADVERTISEMENT


महामन्त्री शशांक कोइरालाले सर्वसम्मत भए मात्रै आफू दलको नेता बन्ने तर चुनावी प्रतिस्पर्धामा नजाने बताएपछि सिंहलाई अघि सार्ने तयारी भएको पौडल निकट एक केन्द्रीय सदस्यले बताए ।


ADVERTISEMENT

# # #


प्रत्यक्षतर्फ २३ र समानुपातिक ४० गरी कांग्रेसका ६३ सांसद छन् । आफ्नो पक्षमा सुविधाजनक बहुमत देखेपछि देउवा दलको नेता बन्न आफैं अग्रसर भएका हुन् । ‘६३ मा ३९ जनाले आफूलाई मत हाल्छन् भन्नेमा देउवा ढुक्क हुनुहुन्छ,’ देउवा निकट एक नेताले भने, ‘उहाँले छाड्ने सम्भावना छैन । आफ्ना लागि मत माग्ने काम थालिसक्नु भएको छ।’

पौडेल पक्षले देउवा पक्षमा असन्तुष्टि बढेको र त्यसको फाइदा उठाउन सकिने आस गरेको छ । पौडेल पक्षले ६३ मा २९ सदस्य आफ्नो पक्षमा रहेको बताउँदै आएको छ ।

केन्द्रीय सदस्य चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, प्रदिप पौडेललगायतका युवा नेताले भने पार्टी पराजय भएको ०५१ र ०६३ मा गिरिजाप्रसाद कोइरालाले समेत आफू अघि नसरी दोस्रो तहका नेताहरूलाई दलको नेता बनाएको उदाहरण दिँदै देउवाबाट पनि त्यही अपेक्षा राखेको बताउँदै आएका छन् । तर देउवाले निटस्थ नेताहरूसँग दलको नेतामा आफैं प्रतिस्पर्धा गर्ने बताइसकेका छन् ।-आजको कान्तिपुर दैनिकबाट