काठमाडौं–प्रेम सम्बन्धले अप्ठयारो स्थिति आएपछि अष्ट्रेलियाका उपप्रधानमन्त्री तथा नेशनल पार्टीका प्रमुख बार्नवी जोयसले पदबाट राजीनामा दिएका छन् । सत्ता साझेदार पार्टीका नेतासमेत रेहका जोयसकी प्रेमीका गर्भवती भएपछि सञ्चार माध्यमले यसबारा खबर निकै महत्वका साथ प्रकाशित गरेका थिए ।


ADVERTISEMENT


नैतिक रूपमा देशका उप प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने आवाज उठदै आए पनि केही दिनदेखि जोयस आन्तरिक छलफलमा ब्यस्त थिए । तर, शनिबार उनका अन्य महिला सँग पनि उठबस रहेको समाचार आउन थालेपछि बाध्य भएर जोयसले पार्टी र उपप्रधानमन्त्री पदबाट राजीनामा दिने निर्णय गरेका हुन् ।


ADVERTISEMENT

# # #


जोयस आफ्नै पार्टी कार्यालयमा काम गर्ने पूर्वकर्मचारीसँगको प्रेम सम्बन्धका थिए । उनले यही सोमबार हुने पार्टीको बैठकबाट आफूले पार्टी प्रमुखबाटसमेत राजीनामा दिने जानकारी दिएका छन् ।

उपप्रधानमन्त्री जोयसको आफ्नै पार्टी कार्यलयमा काम गर्ने एक महिलासँगको प्रेम कहानी करिब ३ साताअघि मात्र सार्वजनिक भएको थियो । विपक्षी तथा आफ्नै दलका केही नेतालेसमेत जोयसले राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए ।

जोयसले अहिले कार्यवाहक अध्यक्षमाथि यस कोरम्यानलाई आफूले पदबाट राजीनामा दिने विषयमा जानकारी गराएका हुन् । जोयसले पार्टी प्रमुख तथा उपप्रधानमन्त्रीबाट राजीनामा दिए पनि सांसदका रुपमा भने उनी कायमै रहनेछन् ।

केही महिनाअघि चर्चित दोहोरो नागरिकता काण्डमा सांसद पद गुमाएका जोयसले पुनः सोही स्थानबाट चुनाब जितेका थिए । जोयस प्रमुख रहेको नेशनल पार्टी अहिले अष्ट्रेलियामा सत्तासिन सरकारको मुख्य साझेदार पार्टी हो ।

जोयसलाई अन्य केही महिलामाथि दुर्बब्यबहार गरेको आरोप लागे पनि उनले यसलाई झुठो भएको र पूर्णरूपमा अनुसन्धान गरिनुपर्ने बताउँदै आएका छन् ।