नुवाकोट-नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले शुक्रवार नुवाकोट र रसुवामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । पक्राउ परेका आफ्ना कार्यकर्ता तत्काल रिहा गर्न माग गर्दै दलका कार्यकर्ताले शुक्रबार अपरान्ह नुवाकोटको बट्टार र रसुवाको कालिकास्थानमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।


ADVERTISEMENT


सरकारले आफ्ना नेता, कार्यकर्ताहरुलाई पक्राउ र धरपकड गरेको कारण तत्काल विनाशर्त रिहा गर्न दवाव दिदै विप्लवका कार्यकर्ताले बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पस र रसुवाको कालिकास्थानस्थित कालिका हिमालय क्याम्पस अगाडि नाराजुलुश पुत्ला दहन गरेको हो ।


ADVERTISEMENT

# # #


नेकपा जिल्ला समिति नुवाकोटका सदस्य अशोक सिलवालले युवा संगठनको तेश्रो राष्ट्रिय सम्मेलन उद्घाटनमा विराटनगर जाने क्रममा पार्टीका स्थायी समिति सदस्य सुदर्शन ओली र पोलिटव्युरो सदस्य पदम राईसहित सयौं नेता कार्यकर्ता पक्राउ गरेको विरोधमा पुत्ला दहन गरिएको बताए ।

यो दलले शनिवार तथा आइतवार पनि सरकारविरुद्ध विरोध कार्यक्रम गर्ने जनाएको छ । नुवाकोटमा तीन वर्ष अगाडि नेत्रविक्रम चन्दको पार्टी गठन भएदेखि नै आफ्ना गतिविधि तथा कार्यक्रम अर्धभूमिगत शैलिमा गरिरहेको छ ।