धादिङ—छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । धादिङको गजुरी–१ कालिका मन्दिर नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको गजुरी प्रहरीले जानकारी दिएको छ ।


ADVERTISEMENT


मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९०७६ नम्बरको ट्रकले विपरीत दिशातर्फ गइरहेको बा ८५ प ६२७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवनको इच्छाकामना गाउँपालिकास्थित चण्डीभन्ञ्याङका ३७ वर्षीय कर्णबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले बताए ।


ADVERTISEMENT

# # #


यसैगरी बेनिघाट रोराङ– ५, बादरेमोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दिएपछि एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

चितवनबाट काठमाडौं आउँदै गरेको लु १ ख ९६१७ नम्बरको ट्रकले बा ८० प ९९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार काठमाडौं महानगरपालिका-१४ खसी बजार निवासी उमा साउदको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गजुरी प्रहरीले जनाएको छ ।

धुनीबेंसी नगरपालिका–९, झ्याप्लेखोलामा भएको जिप दुर्घटनामा चालक सिन्धुपाल्चोक निवासी केवल नेपाली र सहचालक सख्त घाइते भएका छन् ।

चितवनबाट कुखुरा बोकेर काठमाडौं जाँदै गरेको ना ४ च ११४९ जिप सडकबाट डेढ सय मिटर तल खसेको उद्धारमा संलग्न खानीखोलास्थित प्रहरी निरीक्षक जीवन निरौलाले बताए ।