काठमाडौँ– नेपाल प्रहरी महानिरिक्षक (आइजिपी) नियुक्ति निर्णयको विरुद्धमा डीआइजी नवराज सिलवालले दोस्रो पटक सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूलाई आइजीपी बनाउन माग गर्दै मंगलबार बिहान सिलवालले दर्ता गराएको रीटमा बुधबारका लागि पेशी तोकेको छ ।


ADVERTISEMENT


सरकारले सोमबार आईजीपीमा डिआईजी अर्याललाई नियुक्त गरेको थियो । उनलाई सोमबार राति नै महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।उक्त निर्णयको विरोधमा सिलवाल सर्वोच्च पुगेका हुन् । सिलवालबाट दर्ता गरिएको रिट निवेदनमा अर्यालको नियुक्ति खारेज गरी आफूलाई आइजीपी बनाउन माग गरिएको छ । आफू ज्येष्ठ डीआइजी हुँदाहुँदै र सर्वोच्च अदालतका पाँचजना न्यायाधीशले गरेको फैसलाविपरीत अनधिकृत एवं कीर्ते फाइल खडा गरेर अर्याललाई आइजीपी नियुक्त गरिएको सिलवालको रिट निवेदनमा जिकिर छ ।


ADVERTISEMENT

# # #


डिआईजी सिलवाल कार्यसम्पादन मूल्यांकनको फाइलमा झेल भएको भन्दै असन्तुष्ट छन् । उनले कार्यसम्पादन मूल्यांकनको फाइलमै दुई नम्बर घटाएर आफूलाई पछि पारिएको दाबी गरेका छन् ।

यसअघि सरकारले गत फागुन १ मा डिआईजी जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्त गरेकामा तीन साताअघि सर्वोच्च अदालतले उक्त निर्णय उल्ट्याइदिएको थियो । सर्वोच्चले कार्यसम्पादन मूल्यांकन ख्याल नगरी मन्त्रिपरिषद्ले महानिरीक्षक नियुक्ति गर्नु विधिसम्मत नभएको भन्दै कार्यसम्पादनका आधारमा पुनस् नियुक्ति गर्न चैत ८ गते आदेश दिएको थियो । त्यतिबेला चन्दलाई वरीयता क्रम मिचेर नियुक्ति दिइएको भन्दै डिआईजी सिलवालले नै सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए ।

साथै अधिवक्ता कपिलदेव ढकाल पनि अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ताका लागि सर्वोच्च अदालत पुगेका छन् । बरिष्ठ अधिवक्ता शम्भु थापा लगायतको कानूनी परामर्शअनुसार डीआइजी सिलवालले रीट दर्ता गरेका हुन् ।