काठमाडौं–महानगरीय प्रहरी परिसर, काठमाडौंले होलीमा इच्छा विपरीत लोला हाने वा रंग लगाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।


ADVERTISEMENT


प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी इच्छा विपरीत लोला नहाल्न र रंग नदल्न आग्रह गरेको छ । होलीका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको एसएसपी विश्वराज पोखरेलले बताए ।


ADVERTISEMENT

# # #


उनका अनुसार १०६ ठाउँमा प्रहरी टोली परिचालन गरिएको छ । साथै २० वटा मोवाइल टोली खटाइएको छ ।