काठमाडौं–प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनताको गुनासो सुन्न घरघरमा जाने घोषणा गरेका छन् । आइतबार प्रदेश २ मा सुशासन कायम गर्न ११ बुँदे प्रतिवद्धता सार्वजनिक गर्दै उनले प्रदेशभित्रका गाउँपालिका, नगरपालिका, वडा तथा टोलमा पुगेर जनताको गुनासो आफैले सुन्ने घोषणा गरेका हुन् ।


ADVERTISEMENT


मुख्यमन्त्री राउतले आफ्नो कार्यालय मातहतमा हेल्लो प्रदेश सरकार स्थापना गर्ने पनि घोषणा गरेका छन्, जहाँ सर्वसाधारणले निशुल्क टेलिफोन गरी गुनासो गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री राउतले सर्वसाधारणले आफ्ना गुनासोहरु इमेलमार्फत पनि मुख्यमन्त्री कार्यालयमा टिपाउन सक्ने व्यवस्था गरेका छन् ।

त्यस्तै उनले जनताले सिधै गुनासो गर्न पाउने गरी सञ्चार माध्यममा जनतासँग मुख्यमन्त्री कार्यक्रम सञ्चालन गर्ने पनि घोषणा गरेका छन् ।