काठमाडौं–एन आई सी एसिया क्यापिटल लिमिटेड र ईमर्जिङ्ग नेपाल लिमिटेड बीच ५,००,००० कित्ता (कर्मचारी समेत) साधारण शेयरहरुको धितोपत्र निष्कशन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने सम्झौता भएको छ ।


ADVERTISEMENT


एन आई सी एसिया क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल तथा ईमर्जिङ्ग नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा विनोद आत्रेयले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक तथा निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी र सो कम्पनिले विभिन्न क्षेत्रमा सेयर लगानी गरि देशका आधारभूत संरचना विकाशमा कार्य गर्ने जनाइएको छ ।

एन आई सी एसिया क्यापिटल लिमिटेडले हाल बजारमा कायम रहेको बैंक तथा बित्तिय संस्था, इन्स्योरेन्स र जलबिद्युत लगायत अन्य क्षेत्रहरुका कम्पनीहरुलाई सर्वसाधारणमा शेयर निष्काशन गर्न सहजीकरण गर्दै आइरहेको छ ।