काठमाडौं–मन्त्रीहरुले दिन गन्ती गरेर मात्र तलब पाउनेछन् । जति महिना र दिन मन्त्री भएको हो त्यसैलाई आधार मानेर तलब पाउने व्यवस्था सरकारले गरेको छ ।


ADVERTISEMENT


मन्त्रिपरिषदको २०६८ भदौ २९ गतेको बैठकले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, स्वकीय सचिवालयका कर्मचारीको पारिश्रमिक तथा अन्य सुविधासम्बन्धि निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीले प्रमुख स्वकीय सचिव १, स्वकीय सचिव २, सहस्वकीय सचिव ३, स्वकीय अधिकृत ९, फोटोग्राफर अधिकृत १, कम्युटर अधिकृत १, कम्युटर सहायक २, प्रशासन सहायक ९, लेखा सहायक १, सवारीचालक ५ र कार्यालय सहयगी ४ जना पाउनेछन् । –आजको नेपाल समाचारपत्रबाट