काठमाडौं–एन्टानियो ग्रीजमानको ह्याट्रिकको मद्दतले सेभियालाई पराजित गर्दै एथ्लेटिको म्याड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी सात अंकमा झारेको छ । एथ्लेटिकोले खेलको २९ औँ मिनेटमा डिएगो कोस्टाको गोलको मद्दतले अग्रता लिएको थियो भने पहिलो हाफ सकिन लाग्दा ग्रीजमानले अग्रता दोब्बर बनाए ।


ADVERTISEMENT


चेल्सीबाट फर्के यता स्पेनका फरवार्डले पाँच गोल गरिसकेका छन् । दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्दै ग्रीजमानले एथ्लेटिकोको अग्रता फराकिलो बनाए । खेलको ६५ औँ मिनेटमा कोकेले एथ्लेटिकोका लागि चौँथो गोल गरे भने ८१ औँ मिनेटमा ग्रीजमानले आफ्नो ह्याट्रिक पूरा गरे ।


ADVERTISEMENT

# # #


खेलको अन्त्यतिर ५ मिनेटको अन्तरालमा पाबलो साराबिया र नोलिटोले गोल गरे पनि सेभियाका लागि त्यो सान्तवना गोलमात्र बन्न पुग्यो । आगामी आइतबार बार्सिलोनाले एथ्लेटिकोको आतिथ्य गर्नेछ ।

यसअघि भ्यालेन्सियाले रियल सोसिडाडलाई २–१ ले पराजित गर्दै चौँथो स्थानमा कायम रहेको छ । भिल्लेरियालले भने गेटाफेलाई १–० ले हराउँदै सेभियालाई उछिनेर लिगको पाँचौ स्थानमा कायम रहेको छ ।

अन्य खेलमा एथ्लेटिक बिल्बाओले मालामामाथि २–१ को जीत हासिल गर्यो ।