पाल्पा– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचन नभए लोकतन्त्र समाप्त हुने बताएका छन् ।


ADVERTISEMENT


नेपाल प्रेस युनियन, पाल्पा शाखाको आयोजनामा आज तानसेनमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले भने – “मुलुकमा स्थानीय तहको निर्वाचन टार्ने कोसिस भइरहेको छ तर त्यो गलत हो ।”


ADVERTISEMENT

# # #


मधेसी मोर्चाको मागप्रति लक्ष्यित गर्दै पौडेलले भने– “सुधारिएको प्रस्ताव संसद्मा दर्ता भएको छ । संविधान संशोधनको प्रक्रिया अगाडि बढेको छ ।”

पटक पटकको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि निर्वाचन अपरिहार्य रहेको नेता पौडेलको भनाइ छ ।