काठमाडौं–सिहंदरबार भित्र कार्यरत कर्मचारीहरुलाई लक्षित गरी स्वास्थ्य मन्त्रालयले मंगलबारबाट एकजना विशेष चिकित्सक र एकजना नर्ससहितको हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ । छैटौ स्वास्थ्य सेवा दिवसको विशेष अवसर पारेर स्वास्थ्य मन्त्रालयले सिंहदरबार परिसरमा हेल्थ डेस्क सञ्चालन गर्न लागेको हो ।


ADVERTISEMENT


दुई कोठामार्फत हेल्थ डेस्क सञ्चालनका लागि प्रधानमन्त्री कार्यालयले सिंहदरबार परिसरमा कोठाको खोजी गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘भोलिबाट हेल्थ डेस्क सञ्चालन गर्ने कार्यक्रम अनुसार नै अहिले प्रधानमन्त्री कार्यालयद्वारा कोठा खोजीको काम तीव्र गतिमा भइरहेको छ,’ स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठले भने, ‘कोठाको टुङ्गो लाग्नासाथ मन्त्रालयले डेस्क सञ्चालनका लागि आवश्यक पूर्वाधारको व्यवस्था गर्नेछ ।’


ADVERTISEMENT

# # #


हेल्थ डेस्कका लागि आवश्यक चिकित्सक, नर्स तथा प्यारामेडिक्ससहितको जनशक्तिको व्यवस्थापन वीर अस्पतालले गर्ने उनको भनाइ छ ।

सिंहदरबारमा कार्यरत करिब छ हजार कर्मचारी स्वास्थ्य परीक्षणको नाममा कार्यालयबाट बाहिरिने क्रम बढेपछि सरकारले बाध्य भएर उक्त डेस्कको स्थापना गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयद्वारा उक्त डेस्क सञ्चालनमा आएसँगै सिंहदरबार भित्रका कर्मचारीले स्वास्थ्य परीक्षणका नाममा सिंहदरबार परिसरबाट बाहिरिनु परे त्यहाँ रहेका चिकित्सकको सिफारिस अनिवार्य लिनु पर्नेछ ।