भोजपुर–भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङस्थित खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । स्थानीय अन्दाजी ३० वर्षीय मिलन राईले शनिबार राति १० बजे सोही स्थानकै १९ वर्षीय दिनेश बस्नेतलाई पुरानो व्यक्तिगत रिसिबीको कारण देखाउँदै खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।


ADVERTISEMENT


खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बस्नेतलाई प्राथमिक स्वास्थ्य चौकी किमालुङमा उपचार हुन नसकेपछि थपउपचारका लागि खाँदबारी पठाइएको ईलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ । खुकुरी प्रहार गर्ने राईलाई खुकुरीसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि सोमबार जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीको भनाइ छ ।


ADVERTISEMENT

# # #