काठमाडौं–सोमबार बिस्तार हुन लागेको केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा माओवादी केन्द्रबाट दुईजनाले मात्रै सपथ लिने भएका छन् । संघीय समाजवादी फोरम नेपाल पनि सरकारमा आउन सहमत भएपछि माओवादीले हाललाई दुईजना मात्रै मन्त्री पठाएर सरकारमा समावेश हुने भएको हो ।


ADVERTISEMENT


स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्‍डले वरिष्ठ नेता रामबहादुर थापा ुबादलु लाई गृह र अर्का नेता मातृकाप्रसाद यादवलाई उद्योग मन्त्री बनाउन लागिएको जानकारी पार्टी नेतालाई गराइसकेका छन् । उनले आज बन्ने दुई मन्त्रीको सूची प्रम ओलीलाई पनि बुझाइसकेका छन् । माओवादी केन्द्रका वरिष्ठ नेता बादल गृहमन्त्री बन्ने टुंगो भइसकेको छ।


ADVERTISEMENT

# # #


२०६५ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा थापा रक्षामन्त्री भएका थिए । माओवादीबाट मातृका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री बन्दैछन् । उनी यसअघि एकपटक मन्त्री भइसकेका छन् । उनले त्यो बेला एकजना स्थानीय विकास अधिकारीलाई शौचालयमा थुनेर चर्चामा आएका थिए ।

कसलाई थुनेका थिए यादवले
पहिलो संविधानसभाको निर्वाचनपछि प्रचण्डको नेतृत्वमा सरकार बनेको थियो । त्योबेलाका माओवादीका चर्चित नेता मातृका यादवले एकजना स्थानीय विकास अधिकारीलाई शौचालयमा थुनेका थिए । त्यसअघि तत्नकाली प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग क्याबिनेट बैठकमै बाझेर उनी चर्चित भइसकेका थिए ।

मातृकाले वन तथा भू–संरक्षण मन्त्रालयको कार्यभार सम्हालेको केही समयपछि ललितपुर जिल्ला विकास समितिका तत्काली स्थानीय विकास अधिकारी (एलडिओ) लाई शौचालयमा थुनेर चर्चमा आएका थिए ।

वनमन्त्री यादवले ललितपुरका एलडीओलाई ट्वाइलेटमा थुन्नुको कारण थियो खानी सञ्चालन । ललितपुरको एक सामुदायिक वनमा सञ्चालित ढुंगाखानीले वातावरण विनाश गरेको भन्दै स्थानीयले विरोध गर्दा पनि जिविसले सुने‍को नसुन्यै गरेको थियो । अवैधरुमा ढुंगाखानी सञ्चालन हुँदा पनि त्यसलाई रोक्न चासो नदेखाई अनियमितता गरेको भन्दै यादवले एलडिओलाई थुनेका थिए शौचालयमा ।

यो घटनापछि मातृकाको चर्को आलोचना भयो भने समर्थनमा पनि जनमत देखियो । मन्त्रीजस्तो व्यक्तिले कानुन हातमा लिएर यस्तो काम गरेको भन्दै कतिपयले तीब्र आलोचना गरे । अनियमितता गरेको भन्दै मन्त्रीले शौचालयमा थुनेका तत्कालीन एलडिओ थिए डन्डुराज घिमिरे । उनी केपी ओली नेतृत्वको सरकार बनेपछि पर्यटन मन्त्रालयमा सरुवा भए ।

अनियमिता गरेको भन्दै मन्त्रीले शौचालयमा थुनेपछि उनी वन मन्त्रालय सरुवा भए । वन मन्त्रालयमा लामो समय बसेका घिमिरे त्यहीँ सहसचिव भए । लालबाबु पण्डित मन्त्री भएपछि सामान्य प्रशासन मन्त्रालय सरुवा भएका सहसचिव घिमिरेले पण्डितको विश्वासपात्रका रुपमा काम गरे । लालबाबुलाई नजिकबाट सहयोग गर्नेमा उनी पनि एक थिए ।