एजेन्सी–अफगानिस्तानको राष्ट्रिय सैनिकले तालिवानको नियन्त्रणमा रहेको उनीहरुको एउटा तालीमकेन्द्रमा आक्रमणगरी ध्वस्त पारिदिएको छ । अफ्गान राष्ट्रिय सैनिक नेतृत्वको एक समूहले बादख्शान प्रान्तको वार्डोज जिल्लामा तालिावान लक्षित सो कारबाही गरेको अफगानिस्तानको गृह मन्त्रालयले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिएको छ ।


ADVERTISEMENT


त्यस केन्द्रमा तालिवानले राखेका कैयौं बम र हातहतियार सेनाको कारबाहीका क्रममा ध्वस्त भएको र त्यहाँ रहेका ठूलो संख्याका तालिवान लडाकू भागेका सो मन्त्रालयले सोमबार जानकारी दिएको छ । त्यसैगरी यस कारबाहीको क्रममा तालिवानका १४ जना सशस्त्र लडाकू पनि मारिएको समाचारमा जनाइएको छ । अफगान सुरक्षा अधिकारीहरुलाई तालिवान विरुद्धको कारबाहीमा केही महिनायता अमेरिकी र नेटोआवद्ध संयुक्त सेनाले स्थल र हवाई कारबाहीमा सहयोग गर्दै आएका छन् ।


ADVERTISEMENT

# # #


तालिवानहरुका तर्फबाट सरकारी अधिकारी र सुरक्षाबललक्षित आक्रमण केही महिनायता बढेपछि अमेरिकी र नेटोआवद्ध संयुक्त सेनाले पुनः तालिवानमाथि कारबाही शुरु गरेका छन् । यसैबीच अफगानिस्तानको पार्वान प्रान्तको प्रान्तीय राजधानी चरिकारबाट करिब ५० किलोमिटर टाढा रहेको सियागुद जिल्लामा गरिएको सुरक्षा कारबाहीमा केही सशस्त्र लडाकूको मृत्यु भएको छ ।

यस कारबाहीको विषयमा तालिवान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् । गृह मन्त्रालयले सो क्षेत्रमा ठूलो संख्यामा तालिबानको ज्यान गएको अनुमान गरिएको जानकारी दिएको छ ।