काठमाडौं–दुबईमा सोमबार करिब साढे चार बजे श्रीदेवीको फरेन्सिक रिपोर्ट जारी भयो । जसमा बताइए अनुसार श्रीदेवी जब बाथटबमा थिइन्, त्यतिबेला उनी बेहोस भइन् । उनको मृत्यु टबमा डुबेका कारण भयो । उनलाई कार्डिएक अरेस्ट भएको होइन ।


ADVERTISEMENT


श्रीदेवीको रगतमा अल्कोहल पनि पाइएको छ । उनको पार्थिव शरिरलाई मुम्बई पुर्याउन ढिलाइ हुने अनुमान गरिएको छ ।


ADVERTISEMENT

# # #


दिवंगत नायिका श्रीदेवीको अन्तिम दर्शनका लागि मुम्बईमा पूरा बलिउडसहित उनका प्रशंसक र आफन्त प्रतिक्षारत छन् । केही मिडियाले उनको पार्थिव शरिर सोमबार बेलुकासम्म मुम्बई ल्याउने भनेपनि ताजा रिपोर्टले यसमा ढिलाई हुने बताएका छन् ।

उनले शव मुम्बई ल्याउनका लागि अनिल अम्बानीले आफ्नो नीजि विमान दुबई पठाएको बताइन्छ । मुम्बईको वार्सोवास्थित उनको बंगलामा अन्तिम यात्राको तयारी गरिँदैछ । अन्तिम संस्कार जुहुको मुक्तिधाममा गरिने भारतीय संचार माध्यमले बताएका छन् । स्मरण रहोस्, उनको शनिबार राती दुबईमा कार्डिएक अरेस्टका कारण निधन भएको छ । उनको अन्तिम इच्छा अनुरुप बिदाइमा प्रयोग गरिने सम्पुर्ण वस्तु सेतो रङको हुनेछ ।

पार्थिव शरिर भारत पुर्याउन किन ढिलाई ?
दुबईको पत्रिका खलिज टाइम्सका अनुसार पोस्टमार्टमको प्रक्रिया पूरा भइसकेको छ तर यसको रिपोर्ट अझै आउन बाँकी छ । सम्पूर्ण औपचारिकता पूरा भएपछि मात्र उनको शव परिवारलाई सुम्पिइनेछ । दुबईमा विदेशी नागरिकको स्वभाविक मृत्यु भएपनि कानूनी प्रक्रिया पूरा गर्न एक दुई दिन लाग्ने भएकाले उनको शव मुम्बई पुर्याउन ढिलाइ भएको बताइएको छ ।

कहिले भएको थियो उनको मृत्यु ?
श्रीदेवीको मृत्यु शनिबार राती करिब ११ बजे होटलको एक कोठामा भएको थियो । बाथरुममा बेहोस भएर लडेपछि उनलाई दुबईको रशिद हस्पिटल पुर्याइयो । अस्पताल पुर्याउनु अघि नै उनको मृत्यु भइसकेको भारतीय संचार माध्यमले बताएका छन् ।

श्रीदेवी श्रीमान् बोनी कपुर र छोरी खुसीसँगै दुबईको होटल अमिरात टावरमा बसेकी थिइन् । दुबईमा बोनीका भान्जा मोहित मारवाहको विवाह थियो । गल्फ न्यूजले होटलको स्रोत उल्लेख गर्दै राती उनलाई बाथरुममा नै हृदयघात भएका कारण उनी त्यहाँ लडेको बताएको छ ।

मृत्युको कारण के हुनसक्ला ?
सुरुवाती रिपोर्टमा उनको मृत्युको कारण कार्डिएक अरेस्ट बताइएको छ । परिवारका अनुसार श्रीदेवीलाई मुटुरोग थिएन । यस्तोमा कस्मेटिक सर्जरी मृत्युको कारण बताइँदै छ । श्रीदेवीले २९ वटा सर्जरी गराइसकेकी छिन् । एउटा सर्जरी बिग्रिएपछि उनले डाइट पिल्स र एन्टी एजिङ औषधी खाइरहेकी थिइन् । फरेन्सिक रिपोर्टपछि मात्र शव परिवारलाई सुम्पिइनेछ । पोस्टमार्टम र अन्य रिपार्टमा केही संदिग्ध पाइए पार्थिव शरिर सुम्पिन थप समय लाग्नसक्छ ।