काठमाडौं–टीकापुर घटनाका अभियुक्त रेशम चौधरीले साढे दुई वर्षपछि सोमबार बिहान कैलाली जिल्ला अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । दिनभर चलेको बयान र बहसपछि अदालतले पुर्पक्षका लागि उनलाई थुनामा राख्न आदेश दिएको छ ।


ADVERTISEMENT


अदालत परिसरमै पत्रकारसँग कुराकानी गर्दै चौधरीले संसद्मा जाने ढोका बन्द नभएको बताए । कारागार चलान गरिनुअघि उनले भने, ‘यो नै अन्तिम फैसला होइन, त्यसैले मेरो संसद्मा जाने ढोका बन्द भएको छैन ।’ उनले अदालतप्रति भरोसा जनाएका छन् । चौधरीले भने, ‘अहिले कारागार चलान गरे पनि आगामी दिनमा अदालतले मलाई न्याय दिनेछ भन्ने विश्वास लिएको छु ।’


ADVERTISEMENT

# # #


कारागार चलानको आदेशले भारी मतले विजयी सांसदको विश्वास नगरेजस्तो देखिएको उनको भनाइ थियो । प्रतिनिधिसभा निर्वाचित सदस्य चौधरीले भने, ‘अदालतको आदेश पूर्वाग्रही भयो ।–आजको नयाँ पत्रिकाबाट