काठमाडौँ–एमाले–माओवादीबीच एकीकरणका लागि अन्तरिम विधान बनाउन गठित कार्यदलको बैठक मंगलबार बस्दैछ ।


ADVERTISEMENT


बैठक एमाले कार्यालय धुम्बाराहीमा दिउँसो साढे १२ बजे बस्ने एमाले नेता तथा कार्यदलका प्रवक्ता गोकर्ण विष्टले जानकारी दिए । प्रवक्ता विष्टका अनुसार आजको बैठकले दुई पार्टी एकीकरणको मापदण्डसहितको कार्यतालिका निर्माण गर्ने छ ।


ADVERTISEMENT

# # #


‘तोकिएको समयसीमा (फागुन २५) भित्र अन्तरिम विधान र संगठनात्मक अवधारणाको मस्यौदा तयार पार्ने कार्यतालिका बनाइन्छ । त्यसमा दुवै पार्टीका संगठानात्मक संरचनालाई विशेष ध्यान दिइनेछ । त्यस्तै भातृ संगठन, प्रवास, संविधानले भनेको संघीयता लगाययतलाई आधार मानेर अन्तिरिम विधानका लागि कार्यतालिका बनाइन्छ,’ नेता विष्टले बताएका छन् ।

उनले जनतामा पार्टी पुर्याउने सन्दर्भमा कम्युनिष्ट पार्टीलहले यसअघि गरेको पार्टी कमिटिको अभ्यास, विधान र अनुभवका आधारमा सकारात्मक उपलब्धिलाई टेकेर एकता पार्टी एकताका लागि विधान बनाउन आफूहरुले म्याण्डेट पाएको बताए ।

पार्टी केन्द्रदेखि गाउँ तहसम्मका कमिटीहरु एकीकरण गर्न यो कार्यदलले ठोस आधार तय गर्नेछ । यो कार्यदलमा संयोजक माओवादी नेता रामबहादुर थापा बादल छन् भने एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, रघुवीर महासेठ र बेदुराम भुसाल छन् ।

माओवादीबाट गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र मात्रिका यादव सदस्य छन् ।