सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई तिहाइ बहुमतको विश्वासको मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


प्रदेशसभाको पहिलो अधिवेशनको पाँचौं बैठकमा मुख्यमन्त्रीको पक्षमा नेकपा एमाले र माओवादी केन्द्रका ३२ सांसदले मतदान गरेका छन् भने नेपाली कांग्रेसका ५ र राप्रपाका १ सांसदले प्रस्तावको विपक्षमा मतदान गरेका छन् ।


ADVERTISEMENT

# # #


संविधानको धारा १६८ को उपधारा ४ बमोजिम उनले आजको बैठकमा विश्वासको मत माग्दै प्रस्ताव पेश गरेका थिए ।
प्रदेश सभाको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ ।