काठमाडौं–चुनावका बेला ठूलाठूला आश्वासन दिने तर जितेपछि ‘फर्केर हेर्दै नहेरेको’ आरोप जनप्रतिनिधिमाथि लाग्दै आएको छ । धेरै मतदातालाई आधार मान्ने हो भने यो आरोप असत्य पनि होइन । तर, सूर्योदय नगरपालिकाका जनप्रतिनिधि भने यतिबेला टोलटौलमै पुगेर मतदाताको चाहना, आवश्यकता र गुनासो सुन्दैछन्।


ADVERTISEMENT


स्थानीय तह निर्वाचन सकिएको ७ महिनापछि यहाँका जनप्रतिनिधिले ‘गुनासो चौतारी’ अभियान चलाएका छन् । निर्वाचन हुनुअघि दिइएका आश्वासन, चुनावी घोषणापत्रमा लेखिएका विकासे आयोजना कार्यान्वयनको सम्भाव्यता र भइरहेका प्रयासबारे गुनासो चौतारीमा छलफल हुन्छ ।


ADVERTISEMENT

# # #


नगरपालिकाका मेयर रणबहादुर राईले चुनावताका उम्मेदवारले बाँडेका आश्वासनलाई कुन अवधारणामा समेट्न सकिन्छ भनेर टोलटोलमै पुगेर छलफल गर्न थालिएको बताए ।

‘विभिन्न वडाका टोलमा पुगेर अब गर्नुपर्ने कामबारे छलफल गरिरहेका छौं,’ मेयर राईले भने, ‘जनतालाई जागरुक बनाउन सकेमात्र हामी सफल हुनसक्छौं भन्ने सोचले उनीहरूसँग प्रत्यक्ष छलफलमा जुटेका हौं ।’–
आजको नागरिक दैनिकबाट