काठमाडौं–सीरियाको राहत क्याम्पमा महिलाहरुको यौन शोषण भएको छ । बीबीसीको एक रिपोर्टअनुसार संयुक्त राष्ट्रसंघ एवं अन्तर्राष्ट्रिय विभिन्न संगठनको सहयोगमा राहत बाँड्न पुगेका पुरुष राहतकर्मीले महिलाहरुलाई यौन शोषण गरेका छन् ।


ADVERTISEMENT


राहतकर्मीहरुले एकछाक भोजन उपलब्ध गराए वापत यौन प्यास मेट्ने गरेको समाचारमा उल्लेख छ । देशको दक्षिण भागमा यो समस्या ब्यापक छ । स्वम् राहतकर्मीले बीबीसीलाई दिएको जानकारीअनुसार महिलामाथीको यौन शोषण डरलाग्दो रुपमा भइरहेको छ । जसको कारण सिरियाली महिलाहरु राहत वितरण केन्द्रमा जान मानिरहेका छैनन् ।


ADVERTISEMENT

# # #


एक राहतकर्मी दावी गर्दै भन्छन्, ‘केही मानवतावादी एजेन्सीले घटनालाई देखे पनि नदेखेजस्तो गरिरहेका छन् ।’

संयुक्त राष्ट्र संघ जनसंख्या कोषको मूल्याङ्कनमा यो पनि उल्लेख छ । मद्दत सामग्री दिने बहानामा महिलाको यौन शोषण भएको छ । संगठनले यो मूल्याङ्कन गएको वर्ष सिरियाको विभिन्न स्थानमा गरेको थियो ।