कञ्चनपुर– प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले राना समुदायको संस्कृति जगेर्ना गर्ने कार्यका लागि कटिबद्ध भएको बताएका छन् ।


ADVERTISEMENT


आज कञ्चनपुरको लालझाडी गाउँपालिकाले आयोजना गरेको राना थारू होली बृहत् सांस्कृति कार्यक्रमको उद्घाटन गर्दै उनले राना थारू समुदायको आफ्नै मौलिक संस्कृति रहनसहन भएकाले यसलाई जोगाउन सबैको सहकार्यको खाँचो रहेको बताए । गाउँपालिका क्षेत्रमा मुख्य समस्याका रुपमा रहेका नदी नियन्त्रण र पुलपुलेसा निर्माणका लागि सक्दो रुपमा कार्य गर्ने उनले बताए ।


ADVERTISEMENT

# # #


गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले मुख्यमन्त्री भट्टलाई कार्यक्रमका क्रममा गाउँपालिकाको समस्या र राना थारू समुदायका उत्थानका लागि अगाडि बढाउनुपर्ने कार्य बारेको १८ बुँदे ज्ञापनपत्र बुझाए । ज्ञापनपत्रमा लालझाडी गाउँपालिकालाई राना थारू संरक्षित क्षेत्रका रुपमा घोषणा हुनुपर्ने, पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न र संस्कृति जगेर्नामा टेवा पु¥याउन राना थारू होमस्टे स्थापना गर्न माग गरिएको छ ।

कार्यक्रममा राना थारू समुदायको मुख्य पर्व होली लगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका छन् ।