काठमाडौं – २ नम्बर प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । संघीय समाजवादी फोरमले २ मन्त्री र ३ राज्यमन्त्री नाम सिफारिस गरेपछि मन्त्रिमण्डल बिस्तार भएको हो ।


ADVERTISEMENT


राजपामा आन्तरिक किचलो उत्पन्न भएपछि उसले नाम पठाउन सकेको छैन । फोरमले आन्तरिक मामिला तथा कानुनमन्त्रीमा ज्ञानेन्द्रकुमार यादवलाइ सिफारिस गरेको छ । यादव धनुषा– ४(क)बाट निर्वाचित सांसद् हुन् । त्यस्तै शैलेन्द्र साह भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा सिफारिस भएका छन् । साह सप्तरी २ ‘क’बाट विजयी हुन् ।


ADVERTISEMENT

# # #


फोरमले तीन राज्यमन्त्रीमा उशा यादव, सरोज सिंह र योगेन्द्र रायको नाम पठाएको छ । राजपाबाट भने जितेन्द्र सोनल भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् । अन्यको नाम सिफारिस भएको छ । नवनियुक्त मन्त्रीहरूको सपथ बुधबार १ बजे हुने जनाइएको छ ।