ललितपुर– प्रधानमन्त्री केपी ओलीले सरकारले देश सम्बृद्ध बनाउने कुरामा भाषण मात्रै नगरी काम गरेर देखाउने बताएका छन् ।


ADVERTISEMENT


ललितपुरमा बुधबार राजदल गण राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले सम्बृद्धिका लागि राष्ट्रिय भावना पनि जरुरी हुने बताए । उनले भने, ‘सरकार देश र जनताको सम्बृद्धिका लागि कटिबद्ध, प्रतिबद्ध र प्रयासरत छ यसमा सरकारले कुनै सम्झौता गर्दैन ।’


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले सम्बृद्धिका लागि युवाहरुको महत्पुर्ण योगदान हुने भन्दै युवालाई सीप, सिकाएर दक्ष बनाउन जरुरी रहेको बताए ।

उनले देश स्वस्थ राख्न तालिमका साथै मानसिक हिसावले पनि स्वस्थ हुन जरुरी रहेको भन्दै देशलाई अटल र अमर राख्नु सबै नेपालीको कर्तव्य भएको बताए ।

समारोहमा १३ औँ व्याजका क्याडेटहरुलाई दीक्षित गरिएको थियो ।