बाँके– हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालगंञ्ज उपमहानगरपालिका कार्यालयलाई एकलाख पचास हजार वित्तिय सहयोग प्रदान गरेको छ ।


ADVERTISEMENT


उक्त सहयोग रकम बराबरको चेक बैंकको नेपालगञ्ज शाखा प्रबन्धक शैलेन्द्रमान श्रेष्ठले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धबलशम्शेर राणालाई सोमबार बैंक परिसरमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा आफ्नो संक्षिप्त प्रतिकृया व्यक्त गर्दै मेयर डा. राणाले नगर क्षेत्रको फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा नगर क्षेत्रमा सिसिटीभि जडानजस्ता कार्य सबै नगरबासीे तथा संघ संस्थाको साझा कार्यक्रम भएकोले सबैको सहकार्यको आव्हान गर्दै सहयोगको लागि हिमालयन बैंकलाई धन्यबाद व्यक्त गरे ।