काठमाडौं– नेपाल टेलिकमले होली पर्वको अवसरमा ग्राहकहरुका लागि ‘होली अफर’ कार्यक्रम ल्याएको छ । फागुन १७ र १८ गते मनाइने होली पर्वको अवसरमा टेलिकमका जिएसएम मोबाइलका ग्राहकहरुका लागि सो अफर ल्याइएको हो ।


ADVERTISEMENT


कम्पनीका अनुसार सो अफर अन्तर्गत अनलिमिटेड भ्वाइस नाइट कल, अनलिमिटेड अल टाइम डाटा, अनलिमिटेड नाइट डाटा लगायतका अफरहरु समावेश गरिएका छन् । ग्राहकहरुले उक्त अफर आगामी फागुन १७ गतेदेखि चैत १ गतेसम्म खरिद गरी उपभोग गर्न सकिने टेलिकमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


ADVERTISEMENT

# # #


यस्ता छन् टेलिकमले अन्य अफरहरुः

अनलिमिटेड भ्वाइस नाइट कल

कम्पनीले राती १० देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने अनलिमिटेड भ्वाइस नाइट कल अफर उपलब्ध गराउने भएको छ । सो अफर ३५ रुपैयाँमा खरिद गर्न सकिने छ र ३ दिनसम्म कल गर्न सकिने छ ।

अनलिमिटेड अल टाइम डाटा

त्यस्तै ५० रुपैयाँमा अल टाइम अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ । डाटा खरिद गरेको २४ घण्टासम्म यसको प्रयोग गर्न सकिन्छ । १ जीबी डाटा थ्रिजी/फोरजीको गतिमा चल्नेछ । त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ ।

अनलिमिटेड नाइट डाटा

एक रातका लागि मात्र प्रयोग गर्नका लागि अनलिमिटेड नाइट डाटा प्याक उपलब्ध हुनेछ । सो नाइट डाटा प्याक १५ रुपैयाँमा राती १० देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिनेछ । १ जीबी डाटा थ्रिजी/फोरजीको गतिमा चल्ने छ । त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ ।

अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस
अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस अफर खरिद गरे पछि एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस गर्न र डाटा चलाउन सकिने छ । सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने छ । होली अफरका विभिन्न प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट *1415# डायल गर्न सकिने छ ।