काठमाडौं – नेपाली फुटबलको विकासमा जापानी राजदुतावास र अखिल नेपाल फुटबल संघ एन्फाबीच सम्झौता भएको छ । जापान सरकारले ग्रान्ट असिस्टेन्ट फर कल्चरल ग्रास रुट्स प्रोजेक्ट (जीसीजीपी) अन्तर्गत नेपाली फुटबलको भौतिक संरचना पुन निर्माण गर्न ७१ लाखभन्दा बढि रकम सहयोग गर्ने भएको हो ।


ADVERTISEMENT


एन्फा र जापानी रादुतावासले काठमाडौंमा बुधबार कार्यक्रम गरी सम्झौता गरेको हो । नेपालका लागि जापानी राजदुत मासासी ओगावा र एन्फाका महासचिव धिरेन्द्र प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।


ADVERTISEMENT

# # #


जापानको यो सहयोगले एन्फा कम्प्लेक्समा रहेको मैदानको स्तरोन्नती गर्ने एन्फाले जनाएको छ ।