काठमाडौँ – नेपाल पत्रकार महासंघले लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित सामग्रीले अदालतको अवहेलना हुन नसक्ने बताएको छ ।कान्तिपुर दैनिकविरुद्ध चलिरहेको मानहानीको मुद्दाबारे बुधबार विज्ञप्ति जारी गर्दै महासंघले सो कुरा बताएको हो ।


ADVERTISEMENT


महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा सर्वोच्च अदालतले मिति २०७४ फागुन १३ गते कान्तिपुर दैनिक विरुद्ध चलिरहेको मानहानीको मुद्दामाथि दिएको आदेश नेपालको संविधानको मूल मर्म र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत भएको भन्दै यसलाई सच्याउन आग्रह गरिएको छ ।


ADVERTISEMENT

# # #


‘सञ्चारमाध्यमलाई कुनै पनि निकायबाट समाचार प्रकाशन÷प्रसारण गर्नुपूर्व लगाइने बन्देज ‘प्रिसेन्सरसीप’ महासंघलाई मान्य हुन सक्दैन । यस्तो बन्देजका विरुद्ध महासंघ सधै दृढताका साथ उभिने छ,’ विज्ञप्तिमा भनिएको छ ।

सञ्चारमाध्यममा कुन सामग्री प्रकाशन तथा प्रसारण गर्ने वा नगर्ने विषय उसको संविधान प्रदत्त अधिकार भएको महासंघले जनाएको छ ।