गमगढी–मुगुमा बलात्कारको मुद्दा तीन लाखमा मिलापत्र भएको छ । सोरु गाउँपालिकाकी २० वर्षीया एक युृवती बलात्कृत भएको मुद्दालाई अभियुक्तले प्रहरीमा उजुरी दिनबाट रोकेर मिलापत्र गरेको पीडित परिवारले जानकारी दिएको छ ।


ADVERTISEMENT


गत माघ १५ गते राति आठ बजे भएको घटना पीडित युवतीले अभियुक्त हिक्मत शाहीसहित ६ जनाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि मात्र सार्वजनिक भएको हो ।


ADVERTISEMENT

# # #


उनले जाहेरीमा माइतीघर आएको बेला शाहीले सुत्ने कोठामा पसेर बलात्कार गरेको उल्लेख गरेकी छिन् ।

घटनाको दोस्रो दिन नै सोरुकोट प्रहरी चौकीमा निवेदन दर्ता गराउन जाँदा अभियुक्तकाम आफन्तले बाटोमै रोकेर तीन लाख रुपैयाँ रकम उपलब्ध गराइदिने भन्दै प्रहरी चौकी जानबाट रोकेको पीडितले बताएकी छिन् ।

अभियुक्तबाट तीन लाख रुपैयाँ बुझेको पीडितका आफन्तले स्वीकारेका छन् ।–आजको अन्नपूर्ण पोस्टबाट