काठमाडौं(रासस)–अज्ञात हतियारधारीले बुधबार चलाएको गोली लागी वीरगन्जमा एक युवक गम्भीर घाइते भएका छन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय भन्दा ५० मिटर पश्चिममा रहेको रातोबंगलाअगाडि राति ९ः३० बजेको समयमा हतियारधारीले प्रहार गरेको गोली लागी वीरगन्ज महानगपालिका–१३ रानीघाट निवासी ३२ वर्षीय उमेशप्रसाद चौरसिया गम्भीर घाइते भएका हुन् ।


ADVERTISEMENT

# # #


घाइते चौरसियाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि भर्ना गराए पनि उनको स्वास्थ्य स्थिति जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौंको वीर अस्पतालमा रिफर गरिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

चौरसियाको दाहिने कोखामा लागेको गोलीका कारण आन्तरिक रक्तस्राव हुनाका साथै रक्तचापसमेत अनियन्त्रित हुँदै गएपछि थप उपचारका लागि पठाइएको चिकित्सकको भनाइ रहेको छ ।

चौरसियामाथि गोली प्रहार गर्नेकोे खोजी भइरहेको प्रहरीले जनाएको छ । चौरसिया धागोको व्यापार गर्ने व्यापारी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अगाडि भएको गोली प्रहारको घटनाले वीरगन्जवासीलाई त्रसित बनाएको छ ।