काठमाडौं–सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालबीच अहिले बिहान ९ बजे छलफल हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र फोरमका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुबीच बुधबार सहमति जुट्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।


ADVERTISEMENT


एमाले सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन र सरकारमा सहभागिताको विषयलाई लिएर फोरमसँग भइरहेको संवाद सकारात्मक रहेको र थप छलफल गर्नुपर्ने भएकाले अहिले बिहान ९ बजे बैठक बस्न लागिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


वाम गठबन्धन र फोरमबीचको वार्ता निष्कर्षमा नपुग्दा सरकार विस्तारमा विलम्ब भइरहेको छ । एमाले–माओवादीका नेताहरुले बिहीबार बिहान ९ बजे बालुवाटारमा बस्ने बैठकबाट सहमति जुट्ने दाबी गरेका छन् । सहमति बनेमा सरकार विस्तारको बाटो खुल्नेछ ।