काठमाडौं–प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि महाअभियोग नलगाए पुन आमरण अनसन बस्ने प्रा.डा. गोविन्द केसीले चेतावनी दिएका छन् ।


ADVERTISEMENT


केहि दिन अघि पराजुलीविरुद्ध डा. केसी र अभिवक्ता ओमप्रकाश अर्यालले शैक्षिक, चारित्रिक र स्थानान्तरण प्रमाणपत्रको सूचना माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले सूचना दिन नसकेको भन्दै पत्र थमाउन खोजेको डा. केसीले आरोप लगाएका छन् ।


ADVERTISEMENT

# # #


हामीले माग गरेको पराजुलीको प्रवेशिकाको चारित्रिक प्रमाणपत्र किर्ते भएको अब कुनै शंका नरहेको केसीले बताएका छन् ।

पराजुलीले राजीनामा दिनुपर्ने नभए महाअभियोग लगाउनुपर्ने डा. केसीको माग छ । त्यसो नभए सत्याग्रहसहितका कडा कदम चाल्ने डा. केसीको चेतावनी छ ।