काठमाडौं – वीरगञ्जमा अज्ञात समूहले एक व्यापारीमाथी गोली प्रहार गरेका छन् । (बुधबार) गएराति अज्ञात समुहको गोली प्रहारबाट पर्सा विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवा टोल बस्ने ३० वर्षीय उमेशप्रसाद चौरसिया घाइते भएका छन् ।


ADVERTISEMENT


उनी धागो व्यापारी हुन । रानीघाटस्थित भारतीय महावाणिज्यदूतावास कार्यालय नजिकै मोटरसाइकलमा आएका दुई जनाले गोली चलाएको प्रहरीले जनाएको छ । पेटमा गोली लागेका चौरसियाको रक्तश्राव बन्द नभएपछि नारायणी उपक्षेत्रीय अस्पतालले काठमाडौं रिफर गरेको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय भन्दा सय मिटर पर मात्र रहेको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका एसपी डा। गणेश रेग्मीले जानकारी दिए ।


ADVERTISEMENT

# # #