काठमाडौं – भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।

वार्तामा नेपाल–भारतबीचको आपसी सम्बन्ध, द्विपक्षीय सहकार्य तथा साझा चासोका विषयमा छलफल भएको जनाइएको छ ।


ADVERTISEMENT

# #


द्विपक्षीय वार्तामा नेपालको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई तथा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेसहितको प्रतिनिधिमण्डल सहभागी थियो ।

त्यस्तै, भारतीय पक्षबाट विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्रीका प्रधान सचिवद्वय पी.के. मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री तथा नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायत सहभागी थिए ।


ADVERTISEMENT

#
#


प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने र द्विपक्षीय सहकार्यका नयाँ सम्भावना खोज्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।