काठमाडौं – भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाहले राष्ट्रपति मुर्मूसँग भेटवार्ता गरेका हुन्।
भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति र प्रधानमन्त्रीसँगको उच्चस्तरीय भेटवार्तालाई नेपाल–भारत कूटनीतिक सम्बन्ध थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।


























