काठमाडौं–विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक एक अर्ब ८८ करोड ८८ लाख रुपैयाँ स्वदेशमा पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा तीन अर्ब ४० करोड रुपैयाँ औपचारिक माध्यमबाट भित्रिएको छ ।


ADVERTISEMENT


गत वर्ष दैनिक एक अर्ब ९० करोड ४१ लाख रुपैयाँ औपचारिक माध्यमबाट भित्रिएको थियो । गत आर्थिक वर्ष ०७३–७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो । विदेश जाने नेपालीको स‌ंख्या घटेका कारण पछिल्लो समय रेमिटेन्स वृद्धिदरमा कमी आएको बताइन्छ ।


ADVERTISEMENT

# # #


गत आर्थिक वर्षको पुससम्म एक लाख ८९ हजार चार सय ३३ नेपाली विदेश गएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा एक लाख ८६ हजार ५३ जनामात्र गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ ।

विदेश जानेको संख्या पोहोरभन्दा चालु आर्थिक वर्षको साउन–पुस अवधिमा तीन हजार तीनसय ८० ले कमी आएको छ ।–आजको नागरिक दैनिकबाट