रत्ननगर,चितवन(रासस) सशस्त्र प्रहरी बल गढीमाई गण भण्डारा चितवनले ठूलो परिमाणमा गाँजा बरामद गरी नष्ट गरेको छ ।


ADVERTISEMENT


गणको गस्ती टोलीले बिहीबार मकवानपुरको राक्सीराङ गाउँपालिका–६ डाबराङ गाउँमा पुगेर गाँजा बरामद गरेको हो । स्थानीय गोठमा लुकाई राखेको अवस्थामा १४ वटा बोरामा २०३ किलो गाँजा बरामद गरेको गणका सशस्त्र प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


गणका सशस्त्र प्रहरी नायब निरीक्षक नारायणप्रसाद इटनीको नेतृत्वमा गएको गस्ती टोलीले सुराकीको आधारमा गाँजा बरामद गरेको हो ।

सो बरामद गाँजा बिहीबार नै गणका प्रहरी नायब उपरीक्षक राजु पाण्डे, इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक रामेश्वर त्वाती, राप्ती नगरपालिका–६ का वडाध्यक्ष जल्लु चौधरी, पत्रकारलगायतका उपस्थितिमा नष्ट गरिएको हो ।

सशस्त्र प्रहरी गण भण्डाराबाट करिब ३५ किलोमिटर उत्तरपूर्वको पहाडी क्षेत्रमा रहेको सो गाउँमा प्रहरीले पटकपटक गाँजा नष्ट गर्दै आएको छ ।