काठमाडौं–काठमाडौंको चुच्चेपाटीमा एकजना युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । लुम्विनी कलेज नजिकको गल्लीमा धारिलो हतियार प्रहार गरी स्थानीय २५ वर्षीय छिरिङ शेर्पाको हत्या भएको हो ।


ADVERTISEMENT


हत्यामा संलग्न सोही ठाउँ बस्ने १८ वर्षीय विवेक तामाङलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT

# # #


सामान्य विवादमा विवेकले गएराति पौने ९ बजेतिर छिरिङलाई छातिमा हतियार प्रहार गरेका थिए । गम्भीर घाइते छिरिङको उपचारको क्रममा मेडिकेयर अस्पतालमा मृत्यु भएको वौद्ध प्रहरीले जनाएको छ ।